stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नागढुंगा–मलेखु सडक स्तरोन्नतिस् तिहारअघि नै १६ अर्बको ठेक्का निकालिँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सडक विभागले दशैंतिहारकै बीचमा संघीय राजधानी जोड्ने नागढुंगा–मलेखु खण्डको सडक स्तरोन्नतिका लागि रू। १६ अर्बको टेन्डर आह्वान गर्दै छ ।

गत जेठ अन्तिम हप्ता विश्व बैंकले ऋण सहायता स्वीकृत गरेसँगै विभागले ९६ किलोमीटर (किमी )को नागढुंगा–मलेखु खण्डको विस्तारका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय टेन्डर आह्वान गर्ने भएको हो ।

विकास साझेदार विश्व बैंकको ऋण सहायतामै २०४८ सालमा बनेको उक्त सडक खण्डको स्तरोन्नतिका साथै २२ ओटा नयाँ पुल निर्माणका लागि विभागले टेन्डर आह्वान गर्न लागेको हो ।

विश्व बैंकले नेपालका सडक सुधार र सडक सुरक्षाका लागि रू. ५४ अर्ब २८ करोड (४५० मिलियन अमेरिकी डलर ) ऋण सहायता स्वीकृत गरेको थियो । त्यसमध्ये पहिलो चरणमा नागढुंगा–मलेखु खण्डको सडक स्तरोन्नति गरिने भएको हो ।

यो खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर ) तयार भइसकेको छ । विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले चालू आर्थिक वर्ष २०७७–७८ मा भने सडक तथा पुल निर्माण शुरू नगरिने बताए । ‘यो वर्ष टेन्डर गर्ने, ठेक्का सम्झौता र साइट क्लियरजस्ता अन्य काम सम्पन्न गरिनेछ,’ थापाले भने, ‘उक्त सडक खण्डको काम भने आगामी आर्थिक वर्ष २०७८र७९ को हिउँदबाट शुरू गरिनेछ ।’

उनले अन्तरराष्ट्रिय टेन्डरको सूचना प्रक्रियामै बढी समय लाग्ने र प्राविधिक र आर्थिक प्रस्ताव पनि छुट्टाछुट्टै माग गरी प्रस्तावकको क्षमता हेरिने भएकाले समय लाग्ने बताए ।

अन्तरराष्ट्रिय टेन्डर आह्वानको शुरूदेखि निर्माणका लागि परेको टेन्डरको मूल्यांकनसहित ठेक्का सम्झौता गर्दासम्म ९ महीनाभन्दा बढी समय लाग्छ । नेपाली निर्माण कम्पनीहरूका लागि यी प्रक्रिया सम्पन्न गर्दासम्म ६ महीना लाग्छ । मूल्यांकन गर्दा १ वर्ष बित्नेछ । त्यसैले निर्माण शुरू गर्न समय लाग्ने भएको हो ।

उनका अनुसार यो खण्डमा साइट क्लियर गर्ने, जग्गा अधिग्रहण तथा बिजुलीका पोलहरू सार्ने काम पनि साथसाथै गरिनेछ । यी कार्य १ वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुरानै सडक विस्तार गर्न लागिएकाले धेरै जग्गा अधिग्रहण गर्नुपर्ने देखिँदैन । यद्यपि पुललगायत केही नयाँ संरचना विस्तारका लागि ४० देखि ५० कित्ता जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको थापाको भनाइ छ ।

विभागले टेन्डर प्रक्रियामा नेपाली निर्माण व्यवसायीहरूलाई नै बढी प्राथमिकता दिने दाबी गरेको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय (ग्लोबल ) टेन्डर आ≈वान गरे पनि नेपाली निर्माण व्यवसायीहरूको कबोल थोरै बढी भएमा उनीहरूलाई नै टेन्डर दिइनेछ । जस्तै विदेशीले रू. १०० कबोल गर्दा नेपालीले रू. १०७ सम्म कबोल गरेमा नेपालीले नै टेन्डर पाउनेछन् ।

तर, नेपालीले कबोल गर्दा रू. १०८ गरेमा र विदेशीले रू. १०० कबोल गरेमा भने विदेशी निर्माण व्यवसायी तथा कम्पनीलाई नै टेन्डर दिइनेछ । यस्तो प्रणालीलाई आन्तरिकलाई प्राथमिकता अर्थात् डोमेस्टिक प्रिफरेन्स भनिन्छ ।

९६ किमीको यस सडकलाई ३ खण्डमा विभाजन गरिएको छ । २२ वर्षअघि पनि नागढुंगा–नौबीसे, नौबीसे–मलेखु र मलेखु–मुग्लिनखण्ड विभाजन गरी निर्माण गरिएको र अब पनि सोही प्रणालीअनुसार निर्माण गरिने थापाले बताए ।

यो सडक चार लेनको नहुने तर, अहिलेको भन्दा धेरै स्तरीय र गुणस्तरको बन्नेछ । यो खण्डको सडक स्तरोन्नति २ देखि ६ लेनमा गरिने उनले बताए ।

गजुरी, मलेखुजस्ता बस्ती बसेका स्थानमा सडक ५ देखि ६ लेनको पनि हुन सक्नेछ । यसैगरी भीरपहरा काट्दा पहिरो जाने सम्भावना भएका सडक क्षेत्र भने यथास्थितिमै हुनेछन् ।

कतिपय सडक नकाटिने तथा कतिपय क्षेत्रमा उकालो चढ्नका लागि छुट्टै लेन पनि थपिनेछ । यसका साथै २०५० सालमा बनेका तीनओटा आग्रा, बेलपुर र मलेखु पुलबाहेक २२ ओटा नयाँ पुल थपिनेछन् । आजको आर्थिक अभियान दैनिकबाट

prabhu mahalaxmi
kumari