evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

बेलायत र जापानबीच व्यापार सम्झौता हुने

Prabhu Insurance Long Ad
global bank

लन्डन । बेलायत र जापानबीच व्यापार सम्झौता गर्नका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । युरोपेली युनियन (इयू ) सँगको व्यापार वार्ता संकटमा परिरहेको अवस्थामा जापानसँग बेलायतको महत्वपूर्ण सम्झौता भएको हो । बेलायती अधिकारीहरुका अनुसार दुवै देशबीच वार्षिक करिब १९ अर्ब डलरको व्यापार हुनेछ । तर सम्झौताको विस्तृत विवरण भने दिइएको छैन ।

बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रसले बेलायतका औद्योगिक सामग्री, खाद्य तथा पेय र प्रविधि उद्योगलाई जापानी बजारमा सहज पहुँच हुने जानकारी दिए ।

बलायतका सामान जापान प्रवेश गराउँदा ९९ प्रतिशतसम्म भन्सार छुट हुने भएकाले एसिया प्रशान्त क्षेत्रमा बेलायतको उपस्थिति बलियो हुने मन्त्री ट्रसले बताए ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानसँगको नयाँ सम्झौताले बेलायतको अर्थतन्त्रमा करिब १५ अर्ब डलरको थप योगदान पुग्ने बेलायत सरकारको आँकलन छ । इयूसँग व्यापार सम्झौता नभएको अवस्थामा बेलायतमाथि ठूलै संकट उत्पन्न हुने विश्लेषकहरुको भनाई छ ।

सन् २०१९ मा बेलायतले करिब ३७ अर्ब पाउन्ड बराबरको सामान जर्मनी निर्यात गरेको थियो, जुन बेलायतको कूल निर्यातको झण्डै १० प्रतिशत थियो ।

जापानतर्फ बेलायतको निर्यात करिब ७ अर्ब डलर मात्र थियो, जुन कूल निर्यातको २ प्रतिशतभन्दा केही कम थियो । यद्यपी इयूसँगको वार्ता अझै जारी छ । ब्रसेल्समा सोमबारदेखि पुनः वार्ता हुँदैछ ।

गत जनवरी ३१ मै बेलायतले इयू परित्याग गरे पनि यस वर्षको अन्त्यसम्म इयूसँग भन्सार रहित स्वतन्त्र व्यापार गर्न बेलायतलाई छुट छ । तर सन् २०२१ देखि बेलायत र इयूबीच कसरी व्यापार र अन्य सम्बन्धहरु विकास हुन्छन् भन्ने अझै अन्यौल छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इयूसँग सम्झौता नभए पनि बेलायत इयूबाट बाहिर निस्कने बताइसकेका छन् ।  रासस–एपी

igi long
himalayan life insurance long ad