stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कुमारी बैंकले गर्यो कोरोना रोकथाम तथा नियन्त्रणका लागी सामाजिक सचेतनामुलक कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

महेन्द्रनगर । कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कंचनपुरले आफनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिती रहेको थियो । बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरु भै चम्मन चौराहाबाट सब्जीमण्डी हुदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं. , ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिडेका बिभिन्न ब्यक्तिहरुलाई १००० थान मास्क तथा १५० थान हयान्ड स्यानीटाईजर बितरण गरेको थियो ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हात धुने जस्ता बिबिध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागी पुर्बसाबधानीका सन्देश दिईएको थियो ।

सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागी यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामुलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराउनुभयो । कुमारी बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेको छ भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र १०८ ए।टि।एम। संचालनमा रहेको छ । साथै बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिदै आएको छ ।

prabhu mahalaxmi
kumari