stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

Nimb long ad
Prabhu Insurance Long Ad

बेइजिङ। कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरू आउन थालेका छन् । बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय विमानहरू आउन थालेको अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय विमान सेवा सुरु भएको हो । कोरोनाभाइरसको खतरा कम देखिएको निष्कर्ष निकाल्दै अधिकारीहरूले विमान सेवा सूचारु गर्ने निर्णय गरेका हुन् ।

बिहीबार पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा कम्बोडिया, ग्रिस, डेनमार्क, थाइल्याण्ड, पाकिस्तान, अस्ट्रिया, क्यानाडा र स्विडेनबाट यात्रु आएका छन् । चीनमा आउन लागेकाहरूलाई विमान प्रवेश गर्नुअघि कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

अहिले प्रारम्भिक तथा परीक्षण अवधि भएकाले दैनिक नियमित रुपमा पाँच सयको हाराहारीमा यात्रुहरू आउने व्यवस्था मिलाइएको स्थानीय एक अधिकारीले जानकारी दिए । चीनको राजधानी बेइजिङमा गत मार्चको शुरुवातदेखि नै सबै अन्तर्राष्ट्रिय विमान सेवाहरू बन्द गरिएको थियो । रासस / एपी

prabhu mahalaxmi
kumari