stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दक्षिण कोरियामा पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना संक्रमित बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सोल । दक्षिण कोरियामा पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरस ‘कोभिड १९’ संक्रमित थपिएका छन् कोरियामा शनिबार १ सय ६६ नयाँ कोरोना संक्रमित थपिएका हुन्। यो संख्या पाँच महिनायताकै सबैभन्दा बढी भएको बताइएको छ।

नयाँ संक्रमितमध्ये १ सय ५५ जना स्थानीय स्तरबाटै संक्रमित बनेका व्यक्तिहरु भएको बताइएको छ। संक्रमितमध्ये ५० जना इन्टरटेनमेन्ट भेन्युबाट संक्रमित बनेको जनाइएको छ।

यससँगै सोलमा कोरोनाविरुद्धका प्रतिबन्धका नियमहरु पुनः लागू गरिएको छ। राजधानी सोलका मानिसहरुलाई कोरोनाविरुद्धका उपाय अपनाउन भनिएको छ।

सोलमा सार्वजनिकस्थलमा हिँड्दा मास्क लगाउन आदेश दिइएको छ। साथै व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्न पनि भनिएको छ। एजेन्सी

prabhu mahalaxmi
kumari