stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात जना नेपाली घाइते भएका छन् । घटनामा १२ जना घाइते भएकामा सात जना नेपाली परेका हुन् । घाइते भएका सात नेपालीमध्ये ६ जना सामान्य छन् भने एक जनाको अवस्था गम्भीर छ ।

अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ । घटनामा घाइते हुने अरु पाँच जना भारतीय नागरिक हुन् । घाइतेहरूको उपचार भइरहेको छ ।

यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ ।

prabhu mahalaxmi
kumari