stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ। मुनाफामा सरिक हुने गरी जारी गरिएका बीमालेखको हकमा इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखाका आधारमा नयाँ स्वीकृत बोनसदर घोषणा गरेको हो।

कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेखको बीमालेखधारक (पोलिसी होल्डर)ले प्रतिहजार बीमांकमा ६१ देखि ७५ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्।

बीमितले आफू जीवित रहँदा पनि र बीमितको निधनपछि पनि बीमांकबराबरको रकम भुक्तानी दिइने (दुई पटक भुक्तानी हुने) यो बीमालेखमा एशियन लाइफको बीमितले सबैभन्दा बढी बोनश रकम प्राप्त गर्दै आएका छन्।

यसैगरी सावधिक प्रकृतिको बीमालेखमा ४५ देखि ६२ रुपैयाँ बोनसदर तय गरिएको छ। बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा दुई खाले बोनसदर घोषणा गरेको छ।

हाल प्रचलनमा नरहेको बाल उच्च शिक्षा बीमालेखका लागि ४२ देखि ५० रुपैयाँ र बालबालिकासम्बन्धी अन्य पुराना र नयाँ बीमालेखको हकमा ४२ देखि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

prabhu mahalaxmi
kumari