stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इरानद्वारा साउदी अरबको एयरबेसमा आक्रमण, १० अमेरिकी सैनिक घाइते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

इरानले साउदी अरबस्थित प्रिन्स सुल्तान एयरबेसमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको छ, जसमा धेरै अमेरिकी सैनिक घाइते भएका छन्।अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार, उक्त आक्रमणमा कम्तीमा १० जना अमेरिकी सैनिक घाइते भएका छन्।

तीमध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर रहेको छ भने अन्य आठ जना गम्भीर रूपमा घाइते भएका छन्। सैनिक भाषामा ‘अत्यन्त गम्भीर’ र ‘गम्भीर’ अवस्थाबीच फरक अर्थ हुन्छ।

यसैबीच, पछिल्लो २४ घण्टामा कुवेतमा छ वटा ड्रोन खसालिएको जानकारी कुवेत नेशनल गार्डले दिएको छ। साथै, कुवेतको प्रमुख व्यापारिक बन्दरगाह शुवैकमा भएको अर्को आक्रमणमा मानवीय क्षति नभएको जनाइएको छ।

उता, इजरायलको आपतकालीन सेवा मगेन डेविड एडोमका अनुसार तेल अवीवमा भएको मिसाइल आक्रमणमा ५२ वर्षका एक व्यक्तिको मृत्यु भएको छ।

सोही शहरको अर्को स्थानमा दुई जना घाइते भएका छन्। टाइम्स अफ इजरायलका अनुसार, उक्त मिसाइलमा क्लस्टर बम वारहेड प्रयोग गरिएको थियो, जसबाट साना–साना बमहरू ठूलो क्षेत्रमा फैलिएका थिए।

इजरायली रक्षा बलले भने शुक्रबार राति इरानबाट प्रक्षेपण गरिएका केही मिसाइलहरू अवरोध (इन्टरसेप्ट) गरेको जनाएको छ र सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको छ।

prabhu mahalaxmi
kumari