stcnepal long ad
global ime bank long

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चैत मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।

कम्पनीका बीमितहरूको चैत मसान्तसम्ममा क्षति भई कम्पनीका प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएको कारण कतिपय बीमितको दाबी भुक्तानी रोकिएको कम्पनीले जनाएको छ।

कम्पनीले त्यस्तो बीमितहरूलाई अबको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

तोकिएको समयभित्र आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआएमा त्यस्तो दाबीका फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari