stcnepal long ad
global ime bank long

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लीको भियतनाममा निधन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकाको मिनेसोटा राज्यमा संघीय सीमा सुरक्षा अधिकारीद्वारा एक व्यक्तिको गोली हानी हत्या भएपछि गृह सुरक्षा मन्त्रालय ९डीएचएस०को बजेटलाई लिएर अमेरिकी सिनेटमा राजनीतिक टकराव चर्किएको छ ।

सिनेटका अल्पमतक नेता चक शुमरले मन्त्रालयको बजेट समावेश भएको खर्च विधेयकलाई डेमोक्र्याटहरूले  समर्थन  नगर्ने घोषणा गरेपछि आंशिक सरकारी शटडाउनको सम्भावना बढेको छ ।

शुमरले सामाजिक सञ्जालमा लेख्दै भने, ‘डेमोक्र्याटहरूले डीएचएस बजेटमा सुधारको माग गरे तर रिपब्लिकनहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबविरुद्ध उभिन मानेनन् । यसैले म यस विधेयकको विपक्षमा मतदान गर्नेछु ।’ डीएचएस अन्तर्गतको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट ९आईसीई० का गतिविधिमा नियन्त्रण गर्न बजेट अपर्याप्त रहेको आरोप पनि उनले लगाए ।

शुक्रबार मध्यरातसम्म सिनेटले खर्च विधेयक पारित नगरे अमेरिकामा सरकारी कामकाज आंशिक रूपमा बन्द हुन सक्छ । विधेयकलाई अघि बढाउन ६० मत आवश्यक छ । ५३ सिट भएको रिपब्लिकन बहुमतलाई कम्तीमा आठ डेमोक्र्याटको समर्थन चाहिन्छ । रिपब्लिकनका सिनेटर र्‍यान्ड पलले पनि विपक्षमा मतदान गर्ने सम्भावना छ ।

मिनेसोटामा यसै महिना संघीय अधिकारीद्वारा भएका तीनवटा गोलीकाण्डपछि डीएचएस र आईसीईको भूमिकामाथि प्रश्न उठिरहेका छन् । यही सन्दर्भमा डेमोक्र्याटहरूले कडा निगरानी र सुधारबिना डीएचएसलाई बजेट दिन नसकिने अडान लिएका छन् ।

IME Lifesidebar
kumari