stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

अमेरिकाले आक्रमण गरेमा कडा जवाफ दिने इरानको चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad
national life

अमेरिकाले आफूमाथि आक्रमण गरे कडा जवाफ दिने इरानले चेतावनी दिएको छ । बीबीसीका अनुसार इरानको अवस्था यतिबेला अत्यन्तै भयावह बनेको छ ।

अमेरिकी मानव अधिकार संस्था एचआरएनएका अनुसार अहिलेसम्म ४ सय ९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको ज्यान गएको पुष्टि भइसकेको छ भने झन्डै १० हजार ६ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान स्वतन्त्रता चाहेको भन्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी दिइएको छ ।

इरानको संसद् सभामुखले चेतावनी दिँदै अमेरिका आक्रमणमा उत्रिए इजरायल तथा मध्यपूर्वका अमेरिकी सैन्य ठेगानामाथि आक्रमण गर्ने समेत चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

महँगीविरुद्ध शुरू भएको आन्दोलन अहिले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शासन अन्त्यको मागमा परिणत भएको छ ।

इन्टरनेट पूर्ण रूपमा बन्द गरिएकाले सूचना संकलन कठिन बनेको छ । यसैबीच, इरानका पूर्व शाहका छोरा रेजा पहलवीले विदेशबाट प्रदर्शनकारीलाई समर्थन गर्नुभएको छ । इरानमा अमेरिकाले हस्तक्षेप गर्ने सम्भावना बढेपछि इजरायलले उच्च सतर्कता अपनाएको छ ।

अमेरिकाले हस्तक्षेप गरेमा इजरायलमा समेत आक्रमण गर्ने भन्दै इरानले चेतावनी दिएपछि इजरायलले उच्च सतर्कता अपनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

prabhu mahalaxmi
kumari