नबिल बैंकको ४१औं वार्षिक साधारण सभा आज पुस २८ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडको एकचालीसौं वार्षिक साधारण सभा आज बस्दैछ। साधारण सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जरमा जान वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

१ जना संस्थापक शेयरधनीको निर्वाचन गर्ने, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गरेको छ। साधारण सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ः१५ बजेदेखि साधारण सभा बस्दैछ।

IME Lifesidebar
kumari