stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

डाइभरसिटी भिसा (डिभी) कार्यक्रम स्थगित गर्ने अमेरिकी निर्णय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो  नेभेस  भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिनु भएको छ ।

पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।

उनी माथि दुई दिन पछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आ इटी) का एकजना प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको जनाइएको छ ।

नोमले सामाजिक सञ्जालमा नेभेस भ्यालेन्टे “सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम ९डिभि–१० मार्फत संयुक्त राज्य अमेरिकामा प्रवेश गरेर ग्रिन कार्ड प्राप्त गरेको बताउनु भएको छ ।

“राष्ट्रपति ट्रम्पको निर्देशनमा, तुरुन्तै संयुक्त राज्य अमेरिकाको नागरिकता र अध्यागमन सेवा (युयस सी आइयस) ग्रीन कार्ड कार्यक्रम रोक्न निर्देशन दिएको उल्लेख गर्दै विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानी नहोस भन्ने अभिप्रायले निलम्बन गरेको बताउनु भएको छ ।

यसै क्रममा अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई आफ्नो देशमा कहिल्यै अनुमति दिनु नहुने बताउनु भएको छ । नेभेस भ्यालेन्टे लामो खोजी पछि आत्महत्या गरेर मृत फेला परेको प्रहरीले जनाएको छ ।

अमेरिकी विदेश विभागका अनुसार ग्रिन कार्ड लटरीले संयुक्त राज्य अमेरिकामा आप्रवासनको लागि विभिन्न देशबाट आएका मानिसहरूलाई वार्षिक रूपमा ५५ हजार जनालाई स्थायी निवासी भिसा प्रदान गर्दछ ।

जसको लागि योग्य हुन, आवेदकहरूले अमेरिकामा कम्तिमा उच्च विद्यालय शिक्षा वा दुई वर्षको प्रशिक्षण वा कार्य अनुभव प्राप्त गरेको हुनु पर्दछ । आवेदहरू जाँच प्रक्रियाको माध्यमबाट पनि यस कार्यक्रममा समावेश हुन सक्छन् जसमा अन्तर्वार्ता समेत समावेश छ ।

prabhu mahalaxmi
kumari bank
kumari