stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नागरिक उड्‍डयन प्राधिकरणको निमित्त महानिर्देशकमा कर्ण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त भएका छन् । कर्णलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेर निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

सिन्हालाई एक साता अघिमात्रै प्रधानमन्त्री सुशील कार्कीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।

कर्ण नागरिक उड्डयन प्राधिकरणका १२ औं तहका कर्मचारी हुन् । कर्णसँगै १२ औं तहका अन्य दुई जना कर्मचारी प्रेम नाथ ठाकुर र जगन्नाथ निरौला पनि महानिर्देशकको दौडमा थिए । मन्त्री सिन्हाले ठाकुरभन्दा एक वर्षअघि बढुवा भएको भन्दै कर्णलाई निमित्तको जिम्मेवारी दिएका हुन् ।

प्राधिकरण महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि यो पद खाली थियो । अधिकारीको कार्यकाल यही माघ १८ मा सकिँदै थियो।

prabhu mahalaxmi
kumari bank
kumari