stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एशियाली देशहरूमा उच्च आयात कर लगाउने मेक्सिकोको निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय सामग्रीमा ५ देखि ५० प्रतिशतसम्मको उच्च आयात कर लगाउने निर्णय गरेको छ ।

राष्ट्रपति क्लोडिया शिनबामको प्रस्ताव संसदले पारित गरेपछि आउँदो जनवरी १ तारिखदेखि यो नियम लागू हुने बीबीसीले जनाएको छ । उच्च आयात शूल्कका कारण भारतीय निर्यात विशेष गरी कार उद्योग सबैभन्दा बढी प्रभावित हुने अनुमान छ ।

अहिलेसम्म २० प्रतिशत रहेको कारमा आयात शुल्क अब ५० प्रतिशत पुग्नेछ । यसले फक्सवागन, ह्यून्डाई, निसान र मारुति सुजुकीले मेक्सिको पठाउँदै आएका झन्डै १ अर्ब डलर बराबरका कार निर्यातमा प्रत्यक्ष असर पार्नेछ ।

मेक्सिकोका लागि भारत दक्षिण अफ्रिका र साउदी अरबपछि तेस्रो सबैभन्दा ठूलो कार बजार हो । भारतीय कार निर्माताले भने मेक्सिकोमा बेचिने साना मोडेलका गाडीहरू खासै अमेरिकी बजारका लागि नभई मेक्सिकोकै माग अनुसार उत्पादन गरिने भएकाले यो कदम निकै घातक भएको बताएका छन् । चीन–अमेरिका बढ्दो व्यापार तनावकाबीच चीनमाथि पनि ५० प्रतिशतसम्म कर बढाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि विभिन्न वस्तुमा उच्च कर लगाउने चेतावनी दिएको बेला मेक्सिकोले अमेरिकासँग व्यापार सम्झौता सुरक्षित गर्ने प्रयासस्वरूप यो कदम चालेको खवरमा उल्लेख छ ।

मेक्सिकोका उद्योगपतिहरुले भने उच्च भन्सारका कारण उत्पादन लागत बढ्ने, महँगाइ चुलिने र घरेलु उद्योगलाई उल्टै क्षति हुने चेतावनी दिइरहेका छन् । त्यहाँको सरकारले भने नयाँ आयात कर लागू भएपछि २ अर्ब ८ करोड डलर बराबरको अतिरिक्त राजस्व आर्जन गर्ने अपेक्षा गरेको छ ।

prabhu mahalaxmi
kumari