stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

शिवम् सिमेन्ट्सको दशौं साधारण सभा सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा दशौं साधारण सभा सम्पन्न भएको हो ।  साधारण सभाले सामान्य तथा विशेष दुवै प्रकृतिका सबै प्रस्तावहरू पारित गरेको छ ।

साधारण सभाले सेयरधनीलाई कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यस अन्तर्गत २.५० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ । कम्पनीले प्रस्तुत गरेको लाभांश प्रस्ताव आर्थिक स्थायित्व र सेयरधनी प्रतिको प्रतिबद्धताको रूपमा हेरिएको छ ।

साधारण सभाको निर्णयअनुसार बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापुँजी बढेर ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ पुग्नेछ ।

पुँजीमा भएको वृद्धि आगामी वर्षका लागि उत्पादन तथा व्यवसाय विस्तार योजनामा उपयोगी हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari