citizens life insurance long ad
stcnepal long ad

जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिए

Nimb long ad
Prabhu Insurance Long Ad

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिएका छन्। यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसदका दुवै वसदनमा बहुमत गुमाएको थियो।

लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी०को सुरक्षित नेताका रूपमा परिचित ६८ वर्षीय इशिबा सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडिपीको १० औँ प्रधानमन्त्री बनेका थिए। इशिबाले पार्टी विभाजनलाई रोक्न राजीनामा दिने निर्णय गरेको

मिडिया रिपोर्टले जनाएको छ । शनिवार राति कृषिमन्त्री र एक पूर्वप्रधानमन्त्रीले उनलाई स्वेच्छिक रूपमा पद त्याग गर्न आग्रह गरेका थिए।

गत हप्ता पार्टीका नम्बर दुई हिरोशी मोरियामासहित चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिन सुझाव दिएका थिए।

जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा हारपछि विपक्षीहरूले इशिबालाई चुनावी नतिजाको जिम्मेवारी लिएर पद त्याग गर्न दबाब दिइरहेका थिए ।

पार्टी नेताका रूपमा इशिबाको कार्यकाल सन् २०२७ सेप्टेम्बरसम्म रहने प्रावधान थियो । तर, अब उत्तराधिकारीका लागि प्रतिस्पर्धा हुनेछ।

IME Life
kumari