प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

सोमबार अर्थात आजदेखि बिक्रीमा राखिएको शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

शेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले  काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari