stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

चीनमा निजी क्षेत्रको व्यवसायमा उल्लेखनीय वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad
national life

चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ अर्थात यो वर्षको मार्चसम्म चीनमा पाँच करोड ७० लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका छन्, जुन देशभरका कुल व्यवसायहरूको ९२ दशमलव ३ प्रतिशत हो ।

वर्षको पहिलो त्रैमासिकमा मात्रै १९ लाख ९९ हजार नयाँ निजी कम्पनीहरू स्थापना भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ७ दशमलव १ प्रतिशतले बढी हो । तीमध्ये ४० प्रतिशतभन्दा बढी व्यवसायहरू प्रविधि, नयाँ उत्पादन र व्यापार मोडलसँग सम्बन्धित छन् ।

डिजिटल अर्थतन्त्रको क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जनवरीदेखि मार्चसम्म दुई लाख ७४ हजार नयाँ डिजिटल सम्बन्धित निजी कम्पनीहरू दर्ता भएका छन्, जुन पहिलो त्रैमासिकका कुल नयाँ कम्पनीहरूको १३ दशमलव ९ प्रतिशत हो ।

चीन सरकारले नीति, कानून तथा संवादमार्फत निजी क्षेत्रलाई थप सशक्त बनाउन पहल गरिरहेको छ । यसले देशको निजी क्षेत्रलाई नवप्रवर्तन, रोजगारी र समग्र आर्थिक वृद्धिको मुख्य आधार बनाइरहेको छ ।

prabhu mahalaxmi
kumari