stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताउनुभएको छ ।

उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताउनुभयो ।

उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको जानकारी दिनुभयो ।

कुराकानीको क्रममा उहाँहरूले विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल गर्नुभयो, जसको  मुख्य उद्देश्य ब्ल्याक सी  इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत हुनुभएको क्रेमलिनले उल्लेख गर्नुभयो ।

prabhu mahalaxmi
kumari