stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इंग्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि म्यान्युद्वारा ३–० को जित दर्ता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–० ले हराएको छ ।

एस्टन भिल्लालाई उसैको मैदानमा पराजित गर्न म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज, मेसन ग्रीनउड र पउल पोग्बाले एक एक गोल गरे ।

जीतसँगै म्यान्चेस्टर युनाईटेडले ३४ खेलबाट ५८ अंक जोड्दै तालिकाको पाँचौं स्थानको पकड बलियो पारेको छ ।

म्यानु छैटौं स्थानको वुल्भरह्याम्प्टन वन्डरर्स भन्दा ६ अंकले अघि छ भने चौथो स्थानको लेष्टर सिटीभन्दा १ अंकले पछि छ । तालिकामा ६० अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहँदा ६९ अंक सहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

सय अंकको किर्तीमान बनाउने अभियानमा रहेको प्रिमियर लिग च्याम्पियन लिभरपुलको ९२ अंक भएको छ । इंग्लीश प्रिमियर लिगमा गएराति भएका अन्य दुई खेल बराबरीमा सकिएका छन् ।

एभर्टन र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेल्दा टोटनह्याम हट्सपर र बर्नमाउथ भने गोल रहित बराबरीमा रोकिएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari