stcnepal long ad

भारतमा सम्पन्न मतदानको मतगणना सुरु, नतिजा आजै सार्वजनिक हुने

Nimb long ad
Prabhu Insurance Long Ad

भारतमा लोकसभा निर्वाचन अन्तर्गत् सात चरणमा सम्पन्न मतदानको मतगणना आज सुरु हुँदैछ । नतिजा आज नै सार्वजनिक हुने बताइएको छ ।

भारतमा  केन्द्र सरकारको नेतृत्व कसले गर्छ भनेर निर्वाचन परिणामलाई व्यग्रताका साथ पर्खिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) केन्द्रमा लगातार तेस्रो कार्यकालको प्रतीक्षामा छ ।

अर्कोतर्फ कंग्रेस र दर्जनौँ अन्य गैरभाजपा दलहरू सम्मिलत विपक्ष गठबन्धन आइएनडिआइएले बहुमत ल्याउने दाबी गरिरहेका छन् । १९ अप्रिलमा सुरु भएको मतदान सातौँ चरणमा गरी शनिबार समाप्त भएको थियो ।

निर्वाचन पछिका अधिकांश सर्वेक्षणले प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक ह्याट्रिक गर्ने प्रक्षेपण गरेका छन् । अधिकांश ‘एक्जिट पोल’ले मोदीको भाजपा नेतृत्वको एनडिए विजय उन्मुख रहेको देखाएको छ ।