evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

लागू भयो पेट्रोलियम पदार्थमा ‘हरित कर’, निगमले उपभोक्ताबाट १ रुपैयाँ उठाउन थाल्यो

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार नेपाल आयल निगमले ‘हरित कर’ लागु गरेको छ । निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा रु १ हरित कर उपभोक्ताबाट उठाउने गरी मूल्य निर्धारण गरेको हो ।

सरकारले जेठ १५ मा बजेट भाषण गर्दा पेट्रोल र डिजेलमा १ रुपैयाँ हरित कर लगाउने घोषणा गरेको थियो । जसअनुसार निगमले रु एक हरित करमा जोडेर पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

जवकि भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलको मूल्य ४.४२ र डिजेलको मूल्य २.४५ रुपैयाँ प्रतिलिटर घटाएर नेपाललाई पठाएको थियो ।

निगमले भनेको छ, ‘ नेपाल सरकारले बजेट बक्तव्य मार्फत् यही जेष्ठ १६, २०८१ देखि लागु हुने गरी पेट्रोल र डिजेलमा प्रति लिटर रु १.०० का दरले लगाएको हरित कर समेत पेट्रोल र डिजेलको मूल्यमा समायोजन गरी निगम संचालक समितिको मिति २०८१/०२/१८ गतेको निर्णय अनुसार १ जुन २०२४ (जेष्ठ १९, २०८१) को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिकी मूल्यमा पेट्रोलमा प्रति लिटर रु. ३.०० र डिजेल तथा मट्टितेलमा प्रति लिटर रु. १.०० ले घटाइएको छ।’

igi long
himalayan life insurance long ad