stcnepal long ad
nabil bank
macchha(MBL)

कर्मचारीलाई मालामाल बनाउँदै विश्वकै उत्कृष्ट एयरलायन्स, ८ महिनाको तलबबराबरको बोनस दिने

Nimb long ad
Prabhu Insurance Long Ad

विश्वकै उत्कृष्ट एयरलायन्स कम्पनीले आफ्ना कर्मचारीलाई ८ महिना तलबराबरको बोनस वितरण गर्ने भएको छ।

सिंगापुर एयरलायन्सले आफ्ना कर्मचारीलाई यसरी मालामाल बनाउन लागेको हो। यो कम्पनीले बोनसका रुपमा आफ्ना कर्मचारी ८ महिनाको तलबराबरको रकम वितरण गर्ने निर्णय गरेको छ।यद्यपि कम्पनीले यो निर्णयबारे औपचारिक रुपमा जानकारी गराइसकेको छैन। तर, कम्पनी स्रोतले भने यसबारे पुष्टि गरेको छ।

सिंगापुर एयरलाइन्सले वित्त वर्ष २०२३/२४ मा वार्षिक १ अर्ब ९८ करोड डलर नाफा आर्जन गरेको छ। यो हालसम्मकै उच्च हो। सिंगापुर ध्वजावहाक यो कम्पनीले यस वर्ष पनि विश्वकै उत्कृष्ट एयरलायन्स बन्न सफल भएको छ। आफ्नो स्थापनाको २३ औँ वर्ष सिंगापुर एयरलायन्स पाँचौँपटक उत्कृष्ट बन्न सफल भइसकेको छ।

 

prabhu mahalaxmi
kumari