stcnepal long ad
global ime bank long

रुसी आवासीय भवनमा युक्रेनद्वारा आक्रमण, १५ जनाको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा सोमबार दश तले आवासीय अपार्टमेन्ट भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु भएको रूसी समाचार एजेन्सी तासले रूसी आपत्कालीन मन्त्रालयको बयानलाई उद्धृत गर्दै बताएको छ । समाचारअनुसार आइतबार भएको ‘युक्रेनी आक्रमण’ पछि भवन ढलेको हो ।

यसअघि बेलगोरोड र यसका उपनगरहरूमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो । खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुर्‍याउँदा भवनको एउटा भाग ढलेको स्रोतले जनाएको छ ।

यसैगरी रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा आंशिकरूपमा ध्वस्त भएको आवासीय अपार्टमेन्ट भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रूसी आपत्कालीन मन्त्रालयका प्रवक्ताले बताए। उनका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो भने भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो ।

यसअघि आपत्कालीन मन्त्रालयले दुई बच्चासहित १२ जनालाई घटनास्थलबाट उद्धार गरिएको बताएको थियो । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा ठुलो प्वाल भएको भवन ढलेको देखाइएको छ ।

युक्रेनी सेनाले गरेको ‘बृहत् बम विस्फोट’ को निन्दा गर्दै उहाँले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि।दशौँतलादेखि भुइँतलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताए।

रूसी रक्षा मन्त्रालयले सामानिक सञ्जालमा भवनमा टोच्का–यू टीआरसी मिसाइलको टुक्रा खसेको बताएको थियो । बेलगोरोड क्षेत्रमा हवाई सुरक्षाले धेरै रकेट खसालिएको र दुईवटा ड्रोन छुट्टै घटनामा नष्ट भएको पनि अल जजिराले जनाएको छ ।

IME Lifesidebar
kumari