evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

नेपाल पुनर्बिमा कम्पनीले जेठ १७ गते आठौं वार्षिक साधारण सभा बोलाए 

कम्पनीले जेठ ६ गते बुक क्लोज गर्दैछ

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले जेठ १७ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

प्रस्तावित बोनस सेयर सरकार र बिमा प्राधिकरणबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुक क्लोज गर्दैछ । यसर्थ, जेठ ५ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट्स बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

igi long
himalayan life insurance long ad