citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

युक्रेन युद्ध रोक्न महत्वपूर्ण कदम चाल्न चीनलाई युरोपेली देशको आग्रह

kumari bank
Prabhu Insurance Long Ad
global bank

फ्रान्स र युरोपेली सङ्घ (इयु) ले युक्रेनमा भईरहेको रुसी युद्ध रोक्न बेइजिङको प्रभाव प्रयोग गर्न चीनलाई दबाब दिएका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान डेर लेनले पेरिसमा भएको शिखर सम्मेलनमा हिजो चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युक्रेनमा जारी रुसी युद्ध रोक्न चीनको पहल अपरिहार्य रहेको बताउनुभएको हो ।

उहाँहरूले चिनियाँ नेतासँग निष्पक्ष विश्वव्यापी व्यापार नियमहरू स्वीकार गर्न पनि आग्रह गर्नुभएको छ । सीको फ्रान्सको दुई दिने राजकीय भ्रमण सन् २०१९ यता पहिलो युरोप भ्रमण हो र भ्रमणका क्रममा उहाँले सर्बिया र हङ्गेरीमा पनि वार्ता गर्नुहुनेछ । राष्ट्रपति सीले पनि युक्रेनमा शान्ति चाहेको बताउनुभएको छ ।

उहाँले चीन र इयुले साझेदार रहेर रणनीतिक समन्वय गरी विश्व शान्ति तथा विकासमा नयाँ योगदान दिनुपर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

युक्रेन युद्धमा आधिकारिकरूपमा तटस्थ रहँदै चीनले अनिवार्यरूपमा रुसको समर्थन गरिरहेका भन्दै युरोप चिन्तित रहेको खबरमा उल्लेख छ । रुसले पहिला नै हतियारहरूको उत्पादनमा चिनियाँ मेसिन उपकरणहरूको प्रयोग गरिरहेको छ ।

gold
himalayan life insurance long ad