citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सर्वोत्तम सिमेन्टको खुद नाफा ३२.३० प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सर्वोत्तम सिमेन्टको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३२.३० प्रतिशतले बढेर १२ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड १२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

सञ्चालन नाफा २५.१६ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अन्य स्रोतबाट हुने आम्दानी ७४० प्रतिशतले बढेर ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा छ ।

himalayan life insurance
igi long