stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

करीना बनिन् युनिसेफ इन्डियाको ब्रान्ड एम्बेसडर

Nimb long ad
Prabhu Insurance Long Ad

करीना कपूर खानको पछिल्लो फिल्म ‘क्रु’ बक्स अफिसमा हिट भयो । यो फिल्ममा करीना कपूर, तब्बु र कृति सेननको केमिस्ट्री दर्शकलाई एकदमै मन पर्‍यो ।

अहिले करीना एकपटक फेरि चर्चामा आएकी छन् । जसको कारण हो युनिसेफ इन्डियाले बलिउड स्टार करीना कपूर खानलाई आफ्नो नयाँ राष्ट्रिय एम्बेसडर घोषित गरेको छ ।

एम्बेसडर भएपछि करीनाले आफ्नो यात्रा युनिसेफसँग एक दशक पूरानो रहेको बताएकी छन् । करीना सन् २०१४ देखि यूनिसेफसँग जोडिएकी छन् ।

बच्चाको प्रारम्भिक विकास, स्वास्थ्य, शिक्षा र लैंगिक समानताको अधिकारलाई अगाडि बढाउन उनले युनिसेफलाई सहयोग गर्दै आइरहेकी छन् ।

करीना  कपूरले  इन्स्टाग्राममा  तस्वीर शेयर गर्दै लामो पोस्ट लेखेरे युनिसेफलाई धन्यवाद दिएकी छन् । उनले पोस्टमा आफ्नो लागि एउटा भावूक दिन भएको बताएकी छन् ।

prabhu mahalaxmi
kumari