stcnepal long ad
ime life insurance
global ime bank long

पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिएको छ । मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

अधिसूचनामा भनिएको छ, “प्रधानमन्त्री शहबाज सरिफले इशाक दारलाई तत्काल प्रभावबाट उपप्रधानमन्त्री नियुक्त गर्नुभएको छ।” अर्को सूचना जारी नभएसम्म उनी यही पदमा रहनेछन् ।

पाकिस्तानमा १२ वर्षपछि उपप्रधानमन्त्री नियुक्त भएका छन् । यसअघि सन् २०१२ को जुनमा चौधरी परवेजलाई पाकिस्तानको उपप्रधानमन्त्री नियुक्त गरिएको थियो।

पाकिस्तानमा यस वर्षको सुरुमा आम निर्वाचन भएको थियो। मार्चमा शहबाज सरिफको गठबन्धन सरकार गठन भएपछि इशाक दारलाई पाकिस्तानको विदेशमन्त्री नियुक्त गरिएको थियो।

इशाक दारले सेप्टेम्बर २०२२ देखि अगस्ट २०२३ सम्म शाहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारमा अर्थमन्त्रीको पद पनि सम्हालेका छन्।

 

prabhu mahalaxmi
kumari