citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमको उपकुलपतिमा प्रा. डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चलको उपकुलपति पदमा प्रा. डा. विजुकुमार थपलियालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा प्राज्ञिक प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने घोषणा गरेका थिए । प्रा. डा. गौतम र प्रा डा थपलियालाई पनि प्रतिस्पर्धामार्फत छनोट गरी उपकुलपति नियुक्त गरिएको जनाइएको छ ।

himalayan life insurance
igi long