पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद । पाकिस्तानको स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले बिहीबार आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड ४० लाख अमेरिकी डलरले कमी आएको जनाएको छ ।
अप्रिल १९ सम्ममा बैंकको कुल विदेशी विनिमय सञ्चिति घटेर करिब आठ अर्ब डलरमा झरेको एसबीपीले जनाएको हो ।“‘बाह्य ऋण भुक्तानीका कारण’ यो कमी आएको एसबीपीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
वाणिज्य बैंकहरुको कुल विदेशी सञ्चिति पाँच अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । बैंकका अनुसार पाकिस्तानसँग कूल तरल विदेशी सञ्चिति करिब १३ अर्ब ३० करोड डलर रहेको छ ।