citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

भारतमा संघीय संसदको लागि आज मतदान

निर्वाचन सात चरणमा हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन हुँदैछ । जनसंख्याका हिसाबमा विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतमा ५ सय ४५ मध्ये १ सय २ सिटकालागि निर्वाचन हुन लागेको हो ।

एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा यस पटकको निर्वाचनमा ९६ करोड ९० लाख मतदाता रहेका छन् । ती मध्ये एक करोड ८० लाख मतदाताले पहिलोपटक मतदान गर्दैछन् ।

यसैगरि ८२ लाख मतदाता ८५ बर्ष भन्दा बढी उमेर समुहका रहेका छन् । यी सबै मतदातालाइ आफ्नै घरबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । एक सय बर्ष उमेर काटेका मतदाताको संख्या २ लाख १८ हजार रहेको छ ।

सात चरणमा हुने निर्वाचन ६ हप्तासम्म सञ्चालन हुने छ । २ हजार ६ सय भन्दा बढी राजनीतिक दलहरु निर्वाचनमा सहभागी छन् । निर्वाचनको अन्तिम परिणाम जुन ४ तारिखमा घोषणा गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank