sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

हिमालयन बैंकले १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमायो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिमा भन्दा १२.०४ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि २९.२९ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, सञ्चालन नाफा पनि ३९.३१ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड पुगेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यस बैंकको खुद नाफा बढेको हो । बैंकको खराब कर्जा दर ४.५६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशतमा पुगेको छ ।

हाल यसको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १९ अर्ब १५ करोड रुपैयाँ जम्मा रहेको छ । हिमालयन बैंकको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ५ पैसाले घटेर ११ रुपैयाँ ९९ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ छ ।

gold
prabhu bank
nawakantipur long