stcnepal long ad
ime life insurance
global ime bank long

सिरियामा इरानी वाणिज्य दूतावासमा आक्रमण, पाँचजनाको ज्यान गयो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा आक्रमण हुँदा पाँचजनाको ज्यान गएको छ । आक्रमणमा सुरक्षा  निकायका वरिष्ठ अधिकारी सहित पाँचजनाको ज्यान गएको हो ।

ढुंगा आक्रमणका कारण मेजेह शहरमा रहेको इरानी दूतावास नजिकै रहेको भवन भग्नावशेषमा परिणत भएको तर इरानी दूतावासमा भने खासै क्षति नभएको खबरमा उल्लेख छ । इरान र सिरियाका विदेशमन्त्रीहरूले आक्रमणको कडा निन्दा गरेका छन् । तर, इजरायलको सेनाले भने घटनाबारे कुनै प्रतिक्रिया नदिने बताएको छ ।

उत्तरी इजरायल र लेबनानमा युद्ध गरिरहेका इरान र हिजबुल्लाहलाई अझै उक्साउने उद्देश्यले इजरायलले आक्रमण गरेको हुनसक्ने इरानले अनुमान गरेको छ ।

prabhu mahalaxmi
kumari