evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

भारतमा गहुँको भण्डार स्थिति अनिवार्य घोषणा गर्न सरकारको निर्देशन

Prabhu Insurance Long Ad
global bank

भारत सरकारले गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । निर्देशनअनुसार गहुँको भण्डारण तथ्यरतथ्याङ्क साप्ताहिक आधारमा घोषणा गर्नुपर्नेछ ।

सरकारले भारतमा थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालकका बिक्रेता र व्यावसायीलाई अबको हप्तादेखि नै गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो ।

यसरी गहुँको भण्डारण अवस्था घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन रहेको उल्लेख छ । भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश दिइसकेको छ ।

घोषणाअनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रवार गहुँ र चामलको भण्डारण जानकारी दिन शुरु गर्नुपर्नेछ ।

सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्यमा नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न निगरानी बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

igi long
himalayan life insurance long ad