stcnepal long ad
ime life insurance
national life
global ime bank long

करिब ८० प्रतिशत अफगानीमा खानेपानीको पहुँच छैन: युएनडिपी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काबुल। अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)अफगानिस्तानको शुक्रबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ । यो सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको छ ।

भूपरिवेष्ठित अफगानिस्तान खडेरीको चपेटामा परेको छ । अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ । राससरसिन्ह्वा

IME Lifesidebar
kumari