साउदी अरेबिया र रुसले फेरि तेलको उत्पादन नबढाउने
रूस, साउदी अरेबिया र ओपेक प्लसका धेरै महत्त्वपूर्ण सदस्यहरूले २०२३ मा तेल उत्पादनमा गरिएको कटौती आगामी महिनाहरूमा जारी रहने घोषणा गरेका छन्।
तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले तेल उत्पादनमा कटौती २०२३ मा गरिएको सम्झौताको एक हिस्सा हो, जसले आर्थिक अनिश्चिततालाई ध्यानमा राखेर तेलको मूल्य बढाउने लक्ष्य राखेको छ।
तेल उत्पादनमा कटौती हुनुअघि नै यसको बारेमा अड्कलबाजी सुरु भएको थियो, जसका कारण कच्चा तेलको मूल्य बढेको थियो ।
घोषणा अनुसार तेल उत्पादनमा कटौती सन् २०२४ को मध्यसम्म जारी रहनेछ। साउदी अरबका ऊर्जा मन्त्रीले अप्रिल र जुन बीचमा साउदीले प्रतिदिन १० लाख ब्यारेल कटौती गर्ने बताएका छन् । जबकि रुसले भने प्रतिदिन ४ लाख ७१ हजार ब्यारेलले कटौती गर्ने बताएको छ ।
साउदीका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले भने, ‘बजारको स्थिरता कायम राख्न बजारको अवस्था हेरेर यी अतिरिक्त तेल कटौतीलाई क्रमशः हटाइनेछ।’ साउदी अरेबिया र रुसले गरेको यो कटौती दुवै देशले अप्रिल २०२३ मा घोषणा गरेको ५ लाख ब्यारेल प्रतिदिनको कटौतीको अतिरिक्त कटौती हो। अप्रिल २०२३ मा सुरु भएलप ५ लाख ब्यारेलको कटौती सन् २०२४ को अन्त्यसम्म रहनेछ।
साउदी र रुसलाई ध्यानमा राख्दै, अन्य ओपेक प्लस देशहरू संयुक्त अरब इमिरेट्स ९युएई०, कुवेत, इराक र काजाकिस्तानले जुनको अन्त्यसम्म वर्तमान स्वैच्छिक कटौती लम्ब्याउने बताएका छन्।
२२ देशको संगठन ओपेक प्लसले सन् २०२२ को अन्त्यमा प्रतिदिन पाँच लाख ब्यारेलको आपूर्ति कटौती गर्ने घोषणा गरेको थियो ।
सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणका कारण तेलको मूल्य अचानक बढेर प्रति ब्यारेल १४० डलर पुगेको थियो, जसले तेल बजारलाई निकै फाइदा पुगेको थियो ।
अमेरिकाको नेतृत्वमा रुसको तेलमा पश्चिमी देशले प्रतिबन्ध लगाएपछि तेल बेच्न भारत र चीनजस्ता मित्र राष्ट्रहरूतिर फर्किनुपरेको थियो । रसिया अहिले दुवै देशको शीर्ष कच्चा तेल आपूर्तिकर्ता बनेको छ।