evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

काठमाडौंमा २५ औं फ्लोरा एक्स्पो चैत १ गतेदेखि ४ गतेसम्म हुँदै

Prabhu Insurance Long Ad
global bank

काठमाडौं ।आगामी चैत १ गते देखि ४ गतेसम्म फ्लोरिकल्चर एशोसिएशन नेपालले २५ औं फ्लोरा एक्स्पो गर्ने भएको छ। एशोसिएशनले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  काठमाडौंको भृकुटीमण्डपमा २५ औं फ्लोरा एक्स्पो हुने जानकारी दिएको हो।

स्वच्छ वातावरण तथा आर्थिक संमृद्धिको लागि पुष्प व्यवसाय भन्ने नारा सहित हुन लागेको आयोजकले बताएको छ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक सीताराम पन्तले पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नविनतम प्रविधीबारे प्रचार–प्रसार गर्न सघाउ पुर्‍याउने मुख्य उद्देश्य रहेको बताए।

उनले पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी,अध्ययन अध्यापनका साथै अनुसन्धान गर्नेहरुलाई मेला वृहत साझा मञ्च हुने विश्वास लिएको बताए।

उनले मेलामा ६० स्टल,ल्याण्डस्केपिङ स्टल ३ अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ र १ वटा फूड स्टलसहित ७३ वटा स्टल रहने बताए।

उनले मेलाको अवधिभर ५० हजार मानिसहरुले अवलोकन गर्ने अपेक्षा राखेको बताए। आर्थिक वर्ष २०७९र०८० मा नेपालमा ३ अर्ब ७ करोड भन्दा बढी कारोबार भएको थियो।

त्यस्तै,आर्थिक वर्ष २०७८र७९को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा करिव ३३.६३ प्रतिशत वार्षिक कारोबारमा वृद्धि भएको एशोसिएशनले बताएको छ।

आर्थिक वर्ष २०७९/०८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८.१८ लाख र आयात ३३.०६४ करोड बराबरको कारोबार भएको बताएको छ।

igi long
himalayan life insurance long ad