जापानको सेयर बजार ३४ वर्षयताकै नयाँ उच्च विन्दुमा

जापानको सेयर बजार बिहीबार नयाँ उचाईमा पुगेको छ । जापानको प्रमुख सेयर बजार सूचक ‘निक्के २२५’ विगत ३४ वर्षयताकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि २ दिन लगातार घटेको निक्के २२५ सूचक बिहीबार भने २।०६५ ले बढेर ३६,८६३ विन्दुमा पुगेको छ ।
यो सूचक सन् १९९० पछि पहिलो पटक उक्त विन्दुमा पुगेको हो । जापानको अर्को सूचक ‘टोकियो स्टक प्राइस इन्डेक्स (टपिक्स)’ पनि बिहीबार ०.५% ले बढेर बन्द भएको छ ।
बैंक अफ जापानका डेपुटी गभर्नर सिनिची उचिडाले मौद्रिक नीतिमा कडाई नगर्ने र ब्याजदर आक्रामकरुपमा बढाउने सम्भावना पनि नरहेको बताएपछि सेयर बजारमा वृद्धि भएको रोयटर्सले उल्लेख गरेको छ ।