citizens life insurance long ad
stcnepal long ad
national life

भ्रष्टाचारको आरोप लागेपछि सिंगापुरका एकजना मन्त्रीद्वारा पदबाट राजिनामा

Prabhu Insurance Long Ad

सोह्र बर्षअघि गरेको काममा भ्रष्टाचार भएको आरोप लागेपछि सिंगापुरका एकजना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । पर्यटनमन्त्रीका रुपमा रहेका सुब्रमण्यम इश्वरनमाथि २७ वटा आरोप लगाइएको छ ।

फर्मुला वन ग्रान्ड प्रिक्सलाई सिंगापुरमा प्रवेश गराउने काममा इश्वरनले १ लाख ६० हजार सिंगापुर डलर बराबरको हवाई टिकट, होटलमा बस्ने खर्च र कार र्यालीको टिकट लिएको दावी सरकारी वकिलहरुले गरेका छन् ।

यसैगरि पूर्व कर्मचारीका रुपमा निवृत्तिभरण लिने र सांसदको भत्ता समेत लिने काम गरेको आरोप सरकारी अनुसन्धानकर्ताहरुको छ । सन् २००८ मा एफ वन रेसलाई सिंगापुरमा भित्र्याउने क्रममा ईश्वरनले व्यापारी ओङ बेंग सेंगको व्यापारिक स्वार्थ पुरा गर्ने उद्देश्य सहित काम गरेको आरोप लगाइएको छ ।

आरोप लागेपछि प्रधानमन्त्रीलाई राजिनामा बुझाउँदै इश्वरनले आफु निर्दोष रहेको बताएका छन् । भ्रष्टाचारलाई नियन्त्रण गर्ने उद्देश्यसहित सिंगापुरमा मन्त्री र सांसदहरुले तुलनात्मक रुपमा बढी तलब लिने गरेका छन् ।

himalayan life insurance
igi long