macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

इन्फिनिटी लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्था विजयचोक गैंडाकोट नवलवरासीमा सम्पन्न भएको हो । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै, चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फवाट संचालकमा प्रभा खनाल र मुकुन्द प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सभाले यस वित्तीय संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तहरू गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad