sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्न भारत र माल्दिभ्सबीच वार्ता सुरू

Nimb long ad
Prabhu Insurance Long Ad

माले र नयाँ दिल्लीले हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्समा तैनाथ भारतीय सेना फिर्ता गर्ने विषयमा आइतबार औपचारिक वार्ता सुरू गरेको छ। माल्दिभ्सले आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न माग गरेको झण्डै दुई महिना पछि यो वार्ता सुरू भएको हो।

‘सनअनलाइन’ पत्रिकाका अनुसार यो कुराकानी मालेमा रहेको माल्दिभ्सको विदेश मन्त्रालयको मुख्यालयमा भएको हो। राष्ट्रपतिको रणनीतिक सञ्चार कार्यालयका मन्त्री इब्राहिम खलिलले उक्त बैठक उच्चस्तरीय कोर समूहको तहमा भएको जानकारी दिए।

उनले गत डिसेम्बरमा दुबईमा भएको कोप २८ सम्मेलनका क्रममा माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटमा माल्दिभ्स र भारतले यो कोर समूह गठन गर्ने सहमति भएकोसमेत बताए।

समाचार अनुसार खलिलले समूहले भारतीय सैनिक फिर्ता गर्ने र माल्दिभ्समा भारत समर्थित विकास परियोजनाहरूलाई गति दिनेबारे छलफल गरिरहेको बताएका छन्। गत वर्ष नोभेम्बर १७ मा माल्दिभ्सको राष्ट्रपतिको सपथ लिने लगत्तै मुइज्जुले माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता गर्न भारतलाई औपचारिक रूपमा अनुरोध गरेका थिए।

उनले भने कि माल्दिभ्सका जनताले उनलाई नयाँ दिल्लीलाई यो अनुरोध गर्न् बलियो जनादेश दिएको छ। खलिलले यसअघि भनेका थिए कि राष्ट्रपति मुइज्जुको नेतृत्वमा नयाँ माल्दिभ्स प्रशासनले माल्दिभ्समा ७७ भारतीय सैन्य कर्मचारी रहेको कुरा जनाएका छन्। एमएलएले अब नयाँ दिल्लीसँग १०० भन्दा बढी द्विपक्षीय सम्झौताहरूको समीक्षा गर्दैछन्।

माल्दिभ्समा पहिलो हेलिकप्टरको व्यवस्थापन गर्न २४ भारतीय सैनिक, डोर्नियर विमानको व्यवस्थापन गर्न २५ भारतीय, दोस्रो हेलिकप्टरको व्यवस्थापन गर्न २६ भारतीय र मर्मत र इन्जिनियरिङका लागि थप दुई भारतीय सैनिक रहेका छन्।

gold
prabhu bank
nawakantipur long