citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

युक्रेनका पाइलटलाई तालिमका लागि नर्वेले लडाकू विमान पठाउने

kumari bank
Prabhu Insurance Long Ad
global bank

युक्रेनका पाइलटहरूलाई विमान प्रयोगमा प्रशिक्षित गर्न सहयोग पुर्याउन डेनमार्कमा दुई एफ–१६ लडाकू जेट पठाउने नर्वे सरकारले बताएको छ ।

गत वर्ष नर्वेले डेनमार्क र नेदरल्यान्ड्स जस्ता मुलुकसँग मिलेर युक्रेनलाई एफ–१६ लडाकू जेट दान दिएका थिए । अत्याधुनिक एफ–३५ ले प्रतिस्थापन गर्नका लागि ती मुलुकले एफ–१६ लाई अवकास दिएका थिए ।

यद्यपि ओस्लोले अहिलेसम्म दान दिइने एफ–१६ को सङ्ख्या र डेलिभरीको तालिका घोषणा गरेको छैन । युक्रेनलाई दिइने एफ–१६ विमान सीमित सङ्ख्यामा हुने अपेक्षा गरिएको छ ।

नर्वेका रक्षामन्त्री ब्योर्न एरिल्ड ग्रामले एक विज्ञप्तिमा भनेका छन्, ‘युक्रेनका लागि दिगो र आधुनिक वायु सेना स्थापना गर्ने लक्ष्यका लागि सहयोगी साझेदार र राज्यहरूले दिनरात काम गर्नेछन् ।’

स्क्यान्डिनेभियाली मुलुक नर्वेले यसअघि नै करिब १० प्रशिक्षकका साथ प्रशिक्षण कर्मचारी आपूर्ति गरिरहेको छ । नर्वेली एफ–१६ लडाकू जेटलाई अझै अनिश्चित अवधिका लागि डेनिस स्क्रिडस्ट्रप्स विमानस्थलमा तैनाथ गरिनेछ । त्यहाँ युक्रेनी पाइलटहरूलाई बहुराष्ट्रिय अपरेसनको हिस्साका रूपमा प्रशिक्षित गरिनेछ ।

नयाँ वर्षको सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘देशका पाइलटहरू पहिलादेखि नै एफ–१६ जेटमा निपूण छन् र हामी निश्चितरूपमा तिनीहरूलाई हाम्रो आकासमा देख्नेछौँ ।’ उनले रुसी सेनाले सन् २०२४ मा युक्रेनको ‘क्रोध’ महसुस गर्ने वाचा पनि गरे ।

gold
himalayan life insurance long ad