macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज पुस १९ गते शुक्रबार ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी ३ वटै कम्पनीले बिहीबार पुस २० गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

बोटलर्स नेपाल (तराई) ले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा सोल्टि होटल, काठमाडौंमा दिउँसो १२ बजेदेखि सुरु हुने छ ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad