macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इजरायली सेनाले गाजामा  हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली सेना,आइडीएफले जनाएको छ ।

गाजा(इजरायल सीमाको करिव चार सय मिटर नजिक रहेको सुरुङ जमिनको सतहबाट ५० मिटर मुनि रहेको बताइएको छ । आइडीएफको सो दावी स्वतन्त्ररुपमा पुष्टि हुन नसकेको सीएनएनले जनाएको छ ।

हमासले इजरायलमा हमला गरेयता १८ हजार ८ सय भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ । मृतकमध्ये ७० प्रतिशत महिला र केटाकेटी रहेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलको लगातारको हमलाका कारण गाजा क्षेत्रमा खाद्यान्‍न र औषधीजस्ता अत्यावश्यक सामग्रीको चरम अभाव रहेको विभिन्‍न सञ्चार माध्यमले जनाएका छन् ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा गरिएको अधिक बमबारीका कारण इजरायलले समर्थन गुमाउँदै गएको टिप्पणी गर्नुभएको छ । युद्धको समयसीमा र लक्ष्य किटान गर्नपनि उहाँले इजरायललाई चेतावनी दिनुभएको सीएनएनले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad