citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल बैंक लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा ५ जना अन्तर्वार्ताका लागि छनोट

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा उम्मेदवारी दिएका ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट भएको छ ।

आइतबार बैंकले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी पदमा दरखास्त दिएका १९ जना उम्मेदवारहरूमध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट गरी प्रकाशित गरेको हो ।

छनोट हुने उम्मेदवारहरूमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट रहेका छन् ।

बैंकले अधिकृत नियुक्ति सिफारिस सम्बन्धी उपसमितिको आइतबारको निर्णयअनुसार असोज २१ गते प्रकाशित सूचनाअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त दिएका १९ जनामध्ये ५ जनाको नाम छनोट गरिएको जानकारी दिएको छ ।

प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि २०८० को दफा (८) १ मा भएको व्यवस्था बमोजिम उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा प्राप्त गरेको कूल प्राप्ताङ्कको योग्यता क्रमका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ५ जनाको नाम छनोट गरिएको बैंकले जनाएको छ ।

नाम छनोट हुने पाण्डेय र पौडेलको पौष ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म, गौतम पौडेल र भट्टको पौष ४ गते दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म बैंकको केन्द्रीय कार्यालय धर्मपथमा अन्तर्वार्ता हुने समेत जारी सूचनामा उल्लेख छ ।

 

himalayan life insurance
igi long