citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ । डोनाल्ड टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको हो ।

टस्कलाई सोमबार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

मङ्गलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् ।

कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् । पूर्व लोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन् ।

मङ्गलबार संसदमा प्रमुख नीतिगत भाषणमा, टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानुनी शासन विवादका कारण रोकिएको युरोपेली संघबाट ५९।८ बिलियन युरो ९६४।५ बिलियन अमेरिकी डलर० अनुदान र ऋणमा रोक लगाउने प्रतिवद्धता गर्नुभयो ।

६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्याण्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसक्नुभएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

gold
himalayan life insurance long ad
kumari bank