macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एडिबीद्वारा बङ्गलादेशलाई जलवायु प्राथमिकताको सहयोगका लागि ऋण स्वीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एसियाली विकास बैंक (एडिबी) ले उसको राष्ट्रिय अनुकूल योजना (२०२३/२०५०) तथा पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदानको २०२१ अद्यावधिकलाई लागु गर्न बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ ।

शुक्रबार स्वीकृत गरिएको नीतिमा आधारित उक्त ऋण सहयोग जलवायु केन्द्रित समावेशी विकास हासिल गर्न पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदान हो ।

उक्त ऋण साङ्केतिक ७० करोड अमेरिकी डलरको जलवायु उत्थान तथा समावेशी विकास कार्यक्रमको पहिलो हिस्सा हो ।

यसले बङ्गलादेशलाई उसको जलवायु क्षेत्रलाई संरक्षण गरी कार्बन तथा हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याई मूलधारको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा मद्दत गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“जलवायुको झट्काले बङ्गलादेशको विकास र गरिबी उन्मूलनलाई गम्भीररूपमा अवरोध पुर्याइरहेको छ, जलवायु कार्यका लागि वित्तीय व्यवस्थाको धेरै आवश्यकता छ, बङ्गलादेश यो चुनौतीको सामना गर्नका लागि दृढ प्रतिबद्ध छ र एडिबी यो क्षेत्रको जलवायु बैंकका रूपमा बङ्गलादेशलाई उसको प्रयासहरूमा सहयोग गर्न तयार छ”, एडिबीको सार्वजनिक व्यवस्थापनका प्रमुख अर्थशास्त्री अमिनुर रहमानले भने ।

एडिबीले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट बङ्गलादेश विश्वको सबैभन्दा जोखिममा परेको मुलुक भएको र वार्षिक औसतमा तीन अर्ब डलरको नोक्सानी हुने गरेको बताएको छ ।

himalayan life insurance
igi long
NTA long ad