macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

प्रस्तावित लाभांश पारित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान सम्पन्न भएका बैंकले जनाएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश प्रस्तावित लाभांश अनुमोदन गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

जसमा १० दशमलव ५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७।३८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१।४४ रुपैयाँ बराबरको नगद लाभांश छ ।

बोनश शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

यस बैंक र अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad